News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिशूली नदी किनारमा भेटिने शंकास्पद वस्तु नचलाउन जिल्ला प्रहरी कार्यालय धादिङले सर्वसाधारणलाई आग्रह गरेको छ।
- बाढीले पाखा लगाएका वस्तु चलाउने क्रममा विस्फोट हुँदा आइतबार दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
- प्रहरीले त्यस्ता वस्तु देखिए नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।
३ कात्तिकऽ धादिङ । त्रिशूली नदी किनारमा शंकास्पद वस्तु फेला परे नचलाउन जिल्ला प्रहरी कार्यालय धादिङले सर्वसाधारणलाई आग्रह गरेको छ।
भोटेकोशी र बूढीगण्डकी नदी हुँदै त्रिशूलीमा आएको बाढीले पाखा लगाएका वस्तु चलाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै त्रिशूली नदी किनारमा फेला पर्ने शंकास्पद वस्तु नचलाउन र त्यस्ता वस्तु देखिए नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।
बाढीले बगाएर ल्याएका शंकास्पद वस्तु चलाउने क्रममा आइतबार दुई जना घाइते भएको प्रहरीले जनाएको छ। नदी किनारमा विस्फोटक पदार्थ हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन प्रहरीले आग्रह गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4