+
+
Shares

पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले चितवन राइनोजबाट एनपीएल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले चितवन राइनोजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्ने भएका छन्।
  • चितवनले सामाजिक सञ्जालमार्फत नवाजलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
  • नवाजले पाकिस्तानबाट ९८ टी–२०आई खेलमा ९११ रन बनाउनुका साथै १०१ विकेट लिएका छन्।

८ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाज चितवन राइनोजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

चितवनले सामाजिक सञ्जालमार्फत नवाजलाई अनुबन्ध गरेको जानकारी दिएका हो ।

बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलिङ गर्ने नवाजले ब्याटिङ र बलिङ दुवैबाट योगदान दिन सक्ने खेलाडी हुन् ।

नवाजले पाकिस्तानबाट ९८ टी–२०आई खेलमा ९११ रन बनाउनुका साथै १०१ विकेट लिएका छन् । उनले पाकिस्तानबाट ६ टेष्ट र ४४ ओडिआई खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?