+
+
Shares

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्लोरिकल्चर एसोसिएसन नेपालले कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औँ गोदावरी फूल प्रदर्शनी आयोजना गर्ने भएको छ ।
  • प्रदर्शनीमा ८६ वटा स्टल रहने र मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ तथा कट फ्लावर विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
  • यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधा थपिएको र ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिने बताइएको छ ।

१० कात्तिक, काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औ संस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको जनाएको हो ।

गोदावरी फूलको व्यावसायिक उत्पादन, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा ८६ वटा स्टल रहने आयोजकले जनाएको छ ।

त्यस्तै प्रदर्शनीमा नर्सरी तथा फर्मले उत्पादन गरेका गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा गराइने फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।

यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधासमेत थप गरिएको आयोजकले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट हुने नर्सरी तथा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

व्यावसायिक रूपमा उत्पादन भएका गोदावरीका विभिन्न जात र यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिने उहाले जानकारी दिए ।

प्रदर्शनीको ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ । हाल देशभर ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानित लगानी ११ अर्ब ५० करोड भन्दा बढि रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?