+
+
Shares

ग्यास व्यवसायीलाई भ्याट बिल जारी गर्न र उपभोक्तालाई बिल माग्न महासंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल जारी गर्न नेपाल आयल निगमले दिएको निर्देशनको स्वागत गरेको छ ।
  • निगमले ९ कात्तिकमा सम्पूर्ण ग्यास उद्योगलाई बिक्रेतामार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन पत्राचार गरेको थियो ।
  • महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सबै व्यवसायीलाई निर्देशन पालना गर्न र उपभोक्तालाई बिल माग्न आग्रह गर्नुभएको छ ।

११ कात्तिक, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको उक्त कदम अत्यन्तै स्वागतयोग्य रहेको बताएको हो । ९ कात्तिकमा निगमको एलपी ग्यास तथा एभिएसन विभागले सम्पूर्ण ग्यास उद्योगहरूलाई पत्राचार गर्दै बिक्रेतामार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको थियो ।

निगमले ग्यास बिक्रेताहरूले ग्यास बिक्री गरेपश्चात उपभोक्तालाई बिल बिजक नदिएको गुनासो बढेको बताएको थियो ।

ग्यासको कारोबारलाई थप व्यवस्थित तथा सुरक्षित बनाउन महासंघले यसअघि पनि पटक–पटक निगमलाई विभिन्न सुझावसहित अनुरोध गर्दै आएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्यासको कारोबार व्यवस्थित गर्न अनिवार्य रुपमा भ्याट बिल वा बीजक जारी गर्ने कार्य यस क्षेत्रमा एक कोशेढुङ्गाको रूपमा स्थापित हुने महासंघको ठहर छ ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सम्पूर्ण ग्यास व्यवसायीलाई आयल निगमको उक्त निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् । साथै, महासंघले आम उपभोक्ता वर्गलाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल/बीजक माग्न र लिने बानी बसाल्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?