+

क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

२०८३ कात्तिक  १० गते २३:२४ २०८३ कात्तिक १० गते २३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेको छ।
  • अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले बाउडरिङ विधामा प्रतिस्पर्धा गर्नेछन्।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले टोलीलाई मंगलबार बिदाइ गर्दै सफलताको शुभकामना दिए।

१० कात्तिक, काठमाडौं । वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन ५ सदस्यीय खेलाडी टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेका छन् ।

अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडी सहभागी हुने छन् ।

पुरुषमा रोनक उप्रेती, तन्जिङ बर्टिन राई र शुलभ राई तथा महिलामा स्वस्तिका चौधरी र मनीषा बुढा मगर रहेका छन् । खेलाडीले बाउडरिङ विधामा प्रतिस्पर्धा गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबारै बिदाइ गरे ।

वर्ल्ड क्लाइम्बिङ एसियन सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय