+
+
Shares

बूढीगण्डकीले फेरि बगायो खोर्लाबेसीको सडक

‘खोलालाई डाइभर्ट गरेर कुनातर्फबाट अस्थायी रुपमा डाइभर्सन बाटो बनाएका थियौं,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘आज फेरि त्यही खण्ड बगायो ।’

विकास मरहट्टा विकास मरहट्टा
२०८३ कात्तिक १४ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेनिघाट आरूघाट लार्के सडकअन्तर्गत खोर्लाबेसी खण्ड बूढीगण्डकी नदीले फेरि बगाएको छ।
  • गोरखा सडक योजनाका अनुसार वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि करिब एक सय मिटर सडक बगाएको हो।
  • कार्यालय प्रमुख बिनोद पुनले पानीको बहाव कम भएपछि मेसिन लगाएर मर्मत सुरु गर्ने बताएका छन्।

१४ कात्तिक, गोरखा । बेनिघाट आरूघाट लार्के सडक अन्तरगतको खोर्लाबेसी खण्ड बूढीगण्डकी नदीले पुन: बगाएको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि सडक बगाएको हो ।

गोरखा सडक योजनाका अनुसार सो खण्डमा करिब एक सय मिटर सडक बगाएको छ । गत असोज २५ गते आएको बाढीले सोही खण्डमा करिब दुई सय पचास मिटर सडक बगाएको थियो ।

‘खोलालाई डाइभर्ट गरेर कुनातर्फबाट अस्थायी रुपमा डाइभर्सन बाटो बनाएका थियौं,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘आज फेरि त्यही खण्ड बगायो ।’

नदीमा पानीको बहाव कम भएपछि मर्मतको काम सुरु हुने उनले बताए ।

‘अहिले नदीमा पानीको बहाव बढेकाले काम गर्न सक्ने अवस्था छैन, कम भएपछि मेसिन लगाएर काम सुरु गर्छाैं,’ पुनले भने ।

बेनिघाट आरुघाट लार्के हुँदै तिब्बत जोड्ने उक्त सडक उत्तरी गोरखाको मुख्य लाइफलाइन सडक हो । सडक बगाएपछि उत्तरी गोरखाका स्थानीयलाई आउजाउमा मात्र होइन खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या परेको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?