News Summary
Generated by OK AI. Editorially reviewed.- कामना सेवा विकास बैंकको छैठौं फुट्सल कपमा पुरुषतर्फ कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइ ब्रेकिङमा ३–२ गोलले हराएर उपाधि जित्यो।
- महिलातर्फ लुम्बिनी विकास बैंकले ग्लोबल आईएमई बैंकलाई टाइ ब्रेकिङमा ५–४ गोलले पराजित गर्दै उपाधि जोगायो।
- प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी ३० टोली सहभागी भएका थिए, र समापनमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरियो।
१६ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले २० औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको छैठौं फुट्सल कप सम्पन्न भएको छ । यस प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।
प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघ (नाफिज) तथा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) बीच मैत्रीपूर्ण खेलहरू आयोजना गरिएको थियो । उक्त मैत्रीपूर्ण प्रतिस्पर्धाको उपाधी नाफिजले जित्न सफल भएको थियो ।
मैत्रीपूर्ण खेलसँगै सुरु भएको मुख्य प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका ३० टोली उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फको फाइनल खेलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइ ब्रेकिङमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ ।
त्यसैगरी, महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आईएमई बैंकलाई टाइ ब्रेकिङमा ५–४ गोलले पराजित गर्दै यस सिजनको उपाधि आफ्नो नाममा गर्न सफल भएको छ ।
प्रतियोगिताको समापन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
प्रतिक्रिया 4