+
+
Shares

नानो फर्टिलाइजर र प्राङ्गारिक मल ‘आवश्यक पदार्थ’ सूचीमा, मल नियन्त्रण आदेश २०८३ स्वीकृत

रासायनिक मलको विकल्प र माटोको स्वास्थ्य सुधारका लागि विश्वभरि नै नानो र जैविक मल प्रयोग बढिरहेको सन्दर्भमा नेपाल सरकारले यसलाई आवश्यक पदार्थमा राखेर प्रवर्द्धन गर्न खोजेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्ले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।
  • कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘मल नियन्त्रण आदेश २०८३’ स्वीकृत गरेको छ ।
  • सरकारले मलको आपूर्ति प्रणाली व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन नयाँ आदेश ल्याएको हो ।

१७ कात्तिक, काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पर्यावरण क्षेत्र सुधार र मल व्यवस्थापन गर्न आधुनिक तथा जैविक मललाई ‘आवश्यक पदार्थ’ को सूचीमा समावेश गर्दै नयाँ मल नियन्त्रण आदेश स्वीकृत गर्ने निर्णय गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको हो ।

रासायनिक मलको विकल्प र माटोको स्वास्थ्य सुधारका लागि विश्वभरि नै नानो र जैविक मल प्रयोग बढिरहेको सन्दर्भमा नेपाल सरकारले यसलाई आवश्यक पदार्थमा राखेर प्रवर्द्धन गर्न खोजेको हो ।

त्यसैगरी आजको बैठकले मलको समग्र आपूर्ति प्रणाली थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ‘मल नियन्त्रण आदेश २०८३’ समेत स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?