News Summary
Generated by OK AI. Editorially reviewed.- टर्कीको इजमिर सहरनजिकैको हबास डेमिर सेलिक स्टिल प्लान्टमा विस्फोट हुँदा १२ मजदुरको मृत्यु भएको छ ।
- विस्फोटमा अन्य चार जनाभन्दा बढी घाइते भएका छन् ।
- स्थानीय गभर्नरका अनुसार नयाँ बोयलर क्रेनमार्फत ओसार्ने क्रममा क्रेन खसेपछि भट्टीमा उपकरण खस्दा दुर्घटना भएको थियो ।
२४ कात्तिक, काठमाडौं । टर्कीको पश्चिमी क्षेत्रमा पर्ने इजमिर सहरनजिकै एक स्टिल उद्योगमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ ।
अलियागास्थित हबास डेमिर सेलिक स्टिल प्लान्टमा भएको विष्फोटमा अन्य चार जनाभन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुने र घाइते हुने सबै उद्योगमा कार्यरत मजदुर हुन् । घटनास्थलबाट सार्वजनिक भएका भिडियोमा उद्योग परिसरभित्र भीषण आगलागी भएको र आकाशमा धुवाँको ठूलो मुस्लो उठेको देखिएको बीबीसीले जनाएको छ ।
स्थानीय गभर्नरका अनुसार सोमबार दिउँसो भएको दुर्घटना नयाँ बोयलर क्रेनमार्फत ओसार्ने क्रममा भएको थियो । बोयलर लैजाँदै गरेको क्रेन अचानक खसेपछि त्यससँग सम्बन्धित उपकरण तल रहेको भट्टीमा खसेको थियो ।
त्यसलगत्तै शक्तिशाली विस्फोट भएको बताइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले सुरुमा दुर्घटनामा ११ जनाको मृत्यु भएको जानकारी दिएका थिए । पछि स्वास्थ्य मन्त्री केमल मेमिसोग्लुले गम्भीर घाइते एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेपछि मृतकको संख्या १२ पुगेको बीबीसीमा उल्लेख छ ।
प्रतिक्रिया 4