+
+
Shares

लागुऔषधसहित १२ जना पक्राउ

प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले कैलाली, बर्दिया, मकवानपुर, उदयपुर, नवलपरासी पश्चिम र सुनसरीबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।
  • कैलालीको चिसापानीबाट खैरो हेरोइन १ सय ३० मिलिग्रामसहित कालिकोटका २९ वर्षीय जगदिश पाण्डे पक्राउ परेका छन्।
  • नवलपरासी पश्चिमको पिप्रैयाबाट खैरो हेरोइन ८ सय ९० मिलिग्राम र नाइट्राजेपाम १२ ट्याब्लेटसहित गुलाम जिलानी अन्सारी पक्राउ परेका छन्।

२४ कात्तिक, काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट खैरो हेरोइन १ सय ३० मिलिग्रामसहित कालिकोट खाँडाचक्र नगरपालिका-३ बस्ने २९ वर्षीय जगदिश पाण्डेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट खैरो हेरोइन ७ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २० वर्षीय समोहित परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ बाईपास रोडबाट ब्राउनसुगर २ सय मिलिग्रामसहित बाँके खजुरा गाउँपालिका-२ बस्ने २३ वर्षीया दिपिका वलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ लोकप्रिय मोडबाट खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित बागमती गाउँपालिका-६ फापरबारी बस्ने २५ वर्षीया रूपा विश्वकर्मालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलबाट खैरो हेरोइन ७ सय मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने कैलाश गाउँपालिका-१० घर भएका २२ वर्षीय बिनोद थिङसमेत ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट डाइक्लोमाइन ९० ट्याब्लेट र ट्रामाडोल ९० ट्याब्लेटसहित सोही नगरपालिका-३ राजनागी बस्ने ४२ वर्षीय लक्ष्मण राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पिप्रैयाबाट खैरो हेरोइन ८ सय ९० मिलिग्राम र नाइट्राजेपाम १२ ट्याब्लेटसहित पाल्हीनन्दन गाउँपालिका-३ बस्ने ३५ वर्षीय गुलाम जिलानी अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले यूपि ५६ यू ७१६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-७ प्रगति चोकबाट खैरो हेरोइन १ ग्राम ७ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय सुमन बस्नेतलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?