टेक कम्पनी एनभिडियाका सिईओ जेन्सेन हुआङले विवाहेत्तर सम्बन्धको विवादमा परेर राजीनामा दिएपछि कम्पनीले नयाँ अन्तरिम सीईओको जिम्मा कोलेट क्रेसलाई दिएको छ ।
क्रेस सन् २०१३ सेप्टेम्बरमा कम्पनीमा आबद्ध भएदेखि कार्यकारी उपाध्यक्ष प्रमुख वित्तीय अधिकृतको रुपमा कार्यरत छिन् ।
उनले जेन्सेन हुआङले निर्माण गरेको असाधारण आधार लाई अझ अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताएकी छन्।
कम्पनीको सञ्चालक समितिका अनुसार उनले कम्पनीको वित्तीय विभागको नेतृत्व गरेकी छन् र को विकास तथा रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेकी छन्।
एनभिडियामा आबद्ध हुनुअघि क्रेसले सिस्को र माइक्रोसफ्ट लगायतका प्रमुख प्रविधि कम्पनीहरूमा वित्तीय क्षेत्रमा झन्डै २५ वर्ष काम गरेकी छन् ।
अन्तरिम प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि क्रेसले भनेकी छन्- एनभिडियाको शक्ति सधैँ यसका कर्मचारीहरूबाट आएको छ। हाम्रो नेतृत्व टोलीसँग मिलेर, विगत ३३ वर्षमा जेन्सेनले निर्माण गरेको असाधारण आधारलाई अझ अगाडि बढाउन म प्रतिबद्ध छु।’
प्रतिक्रिया 4