News Summary
Generated by OK AI. Editorially reviewed.- पपुवा न्युगिनीको लाए सहरतर्फ जाँदै गरेको यात्रुवाहक सवारीसाधन मंगलबार बिहान कासाम पासमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ६ जना वयस्क र तीन जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन्।
- प्रहरीले क्रिसमस र नयाँ वर्ष नजिकिँदै गर्दा भारी वर्षामा यात्रु बोकेर यात्रा गर्दा सावधानी अपनाउन चालकहरूलाई आग्रह गरेको छ।
१ मङ्सिर, मेलबर्न (रासस/सिन्ह्वा) । पपुवा न्युगिनी (पीएनजी) मा मंगलबार बिहान भएको सडक दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।
पीएनजीको राष्ट्रिय प्रसारण निगमका अनुसार राजधानी पोर्ट मोर्स्बीबाट करिब ३०० किलोमिटर उत्तरमा रहेको लाए सहरतर्फ जाँदै गरेको यात्रुवाहक सवारीसाधन दुर्घटनामा परेको हो। दुर्घटना मंगलबार बिहान करिब ४:३० बजे भएको थियो।
दुर्घटनामा ६ जना वयस्क र तीन जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। घाइते दुई जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटना देशको मुख्य राजमार्गअन्तर्गत पर्ने कासाम पास क्षेत्रमा भएको हो। उक्त क्षेत्र भिरालो र घुमाउरो पहाडी सडकका रूपमा परिचित छ।
पूर्वी हाइल्यान्ड्स क्षेत्रका प्रान्तीय प्रहरी कमान्डर प्रमुख सुपरिटेन्डेन्ट अल्बर्ट बेलीले पछिल्ला केही सातायता उक्त क्षेत्रमा धेरै घातक सडक दुर्घटना भएको बताएका छन्।
क्रिसमस र नयाँ वर्षको बिदा नजिकिँदै गर्दा यात्रुहरूको आवागमन बढेको उल्लेख गर्दै उनले चालकहरूलाई यात्रु बोकेर यात्रा गर्दा हतार नगर्न र विशेषगरी हाल भइरहेको भारी वर्षाका कारण सडकमा थप सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया 4