+
+
Shares

एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेले बुधबारदेखि सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठन परिचालनमा केन्द्रित गर्ने भएको छ।
  • उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष केपी ओली र बरिष्ठ नेता विद्यादेवी भण्डारीले भेलामा कार्यपत्र प्रस्तुत गर्नेछन्।
  • एमाले स्थायी कमिटी बैठकले मंसिर ५ गते तय केन्द्रीय कमिटी बैठकलाई मंसिर ४ गते सार्ने निर्णय गरेको छ।

१ मंसिर, काठमाडौं । नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार, भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालिन गर्ने विषयमा आजको बैठकमा छलफल भएको थियो ।

भेलामा अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामहरूको विषयमा कार्यपत्र प्रस्तुत गर्ने र बरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने उनले जानकारी दिए ।

बैठकले मंसिर ५ गतेलाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर ४ गतेलाई सार्ने निर्णय गरेको उपमहासचिव भट्टले बताए ।

बुधबारबाट सुरु हुने राष्ट्रिय भेलामा ३४ सय १४ जना सहभागी हुने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?