+
+
Shares

अयोध्या र मिथिलाको प्राचीन संस्कृति पुनर्जीवित भएको छ : योगी आदित्यनाथ

उनले थपे, ‘अयोध्या धाम र जनकपुरधामबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेसमार्फत आज अयोध्या र मिथिलाको संस्कृतिबीचको पवित्र एवं प्राचीन मिलन पुनर्जीवित भइरहेको छ।‘

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १३:२६

७ मंसिर, काठमाडौं । अयोध्यादेखि जनकपुरधामसम्म सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटनका अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्या र मिथिलाको प्राचीन सांस्कृतिक मिलन पुनर्जीवित भएको बताएका छन्।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री आदित्यनाथले भारतीय रेल्वे सेवामार्फत दुई पवित्र तीर्थस्थललाई जोडेकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे भने नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई हार्दिक स्वागत गरे।

उनले भने, ‘भारतीय रेल्वेको यस सेवामार्फत यी दुई पवित्र तीर्थस्थललाई जोडेकामा म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु। यो महत्त्वपूर्ण अवसरको साक्षी बन्न यहाँ उपस्थित नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई म अयोध्यावासी र सम्पूर्ण उत्तर प्रदेशवासीको तर्फबाट हार्दिक स्वागत गर्दछु।‘

अयोध्या धाम र जनकपुरधामबीच चल्ने रेल सेवाले दुई देशका धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ नजिक्याएको उल्लेख गर्दै उनले थपे, ‘अयोध्या धाम र जनकपुरधामबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेसमार्फत आज अयोध्या र मिथिलाको संस्कृतिबीचको पवित्र एवं प्राचीन मिलन पुनर्जीवित भइरहेको छ।‘

यो रेल सेवा सुरु भएसँगै दुवै देशका श्रद्धालुहरूलाई प्रत्यक्ष यात्रा गर्न सहज हुने उनको भनाइ छ। ‘यस रेल सेवाको सुरुवातसँगै नेपालका श्रद्धालुहरू रामललाको आशीर्वाद लिन सिधै यात्रा गर्न सक्नेछन् भने भारतका श्रद्धालुहरू माता जानकीको पूजाअर्चनाका लागि जनकपुरधाम जान सक्नेछन्,’ आदित्यनाथले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?