प्रतीकात्मक तस्वीर
१३ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित एक घरमा आगलागी भएको छ ।
आगलागीबाट माइतीमाया वाइबाको ब्लकको ४ कोठे घर जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको समयमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
आगलागीका क्रममा घरभित्र रहेको ग्यास समेत पड्कन जाँदा घरमा रहेका सम्पूर्ण सरसामान जल्न पुग्दा २ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गए राति साढे १२ बजे आगलागी हुँदा माइतीमायाका छोरा अबिनाश वाइबा भने कामको सिलसिलामा घर बाहिर थिए । माइतीमाया भने वैदेशिक रोजगारीमा छन् ।
स्थानीयबासिन्दा, नगरपालिकाको दमल र प्रहरीको सहयोगमा राति २ बजेपछि मात्रै आगो नियन्त्रणमा लिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4