३१ भदौ, काठमाडौं । बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले ब्याजदर बढाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा केही समयअघिसम्म पर्याप्त लगानी योग्य रकम (तरलता) रहेको थियो । कोरोना संक्रमणको जोखिम कम हुँदै गएसँगै बैंकहरुमा तरलता घट्दै गएको छ ।
राष्ट्र बैंकका अनुसार अहिले बजारमा करिब १९ अर्ब रुपैयाँमात्रै तरलता रहेको छ । एक महिना अघिसम्म ५० अर्ब माथि तरलता रहेको थियो । निक्षेपमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले दिने भएको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेपमा १० दशमलव ०७ प्रतिशत दिनेछ ।
धेरै ब्याजदर दिनेमा प्राइम कमर्सियल बैंक दोस्रो र मेगा बैंक तेस्रो नम्बरमा देखिएको छ । प्राइमले ९ दशमलव ७५ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको छ भने मेगाले ९ दशमलव ५५ प्रतिशत दिने बताएको छ । नबिल बैंकले मुद्दति निक्षेपमा ९.२६ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।
यो बैंकले साधारण निक्षेपमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दति निक्षेपमा भने बैंकले ६.५१ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ६ प्रतिशतसम्म पि्रमियम थपेर ब्याज लिने उल्लेख गरेको छ ।
नबिलको बैंकको बेस रेट साउन मसान्तसम्म ५.५२ प्रतिशत रहेको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मुद्दति निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।
आधारदर ५.४१ प्रतिशत रहेको यस बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म पि्रमियम थपेर कर्जामा ब्याज लिने जनाएको छ ।
निक्षेपमा कसको कति पुग्यो ?
| क्र.सं | बैंक | उच्चतम् ब्याजदर (प्रतिशत) |
| १ | सनराइज | १०.०७ |
| २ | प्राइम | ९.७५ |
| ३ | मेगा | ९.५५ |
| ४ | एनएमबि | ९.५२ |
| ५ | सानिमा | ९.५१ |
| ६ | ग्लोबल आएमइ | ९.५० |
| ७ | एनसीसी | ९.२६ |
| ८ | नबिल | ९.२६ |
| ९ | सेन्चुरी | ९.२५ |
| १० | सिभिल | ९.२५ |
| ११ | सिद्धार्थ | ९.०५ |
| १२ | हिमालयन | ९.०० |
| १३ | नेपाल इन्भेस्टमेन्ट | ९.०० |
| १४ | लक्ष्मी | ८.५ |
| १५ | बीओके | ८.७७ |
| १६ | नेपाल बंगलादेश | ८.७६ |
| १७ | माच्छापुछ्रे | ८.७५ |
| १८ | एनआसी एसिया | ८.६० |
| १९ | एसबीआइ | ८.५५ |
| २० | एभरेस्ट | ८.५० |
| २१ | प्रभु | ८.२५ |
| २२ | कुमारी | ८.१५ |
| २३ | राष्ट्रिय वाणिज्य | ८.०६ |
| २४ | नेपाल बैंक लिमिटेड | ८.०५ |
| २५ | सिटिजन | ८.०० |
| २६ | एडीबीएल | ८.०० |
| २७ | स्टान्डर्ड चार्टर्ड | ७.५० |
प्रतिक्रिया 4