+
+
Shares

बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते ११:५१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा घटाएको छ।
  • २० वटा वाणिज्य बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर मंसिरको तुलनामा औसतमा ०.२० प्रतिशत विन्दुले घटाएको छ।
  • ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर मंसिरमा ६ प्रतिशतबाट पुसमा ५.५ प्रतिशत कायम गरेको छ।

२९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै नीतिगत दर घटेपछि बैंकहरूको ब्याजदर थप घटेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप घटाउन दबाब पुगेपछि बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर मंसिरको तुलनामा घटेको छ ।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले झरेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ५.०४०५ प्रतिशत थियो भने यो पुसमा ४.८३४ प्रतिशतमा झरेको हो ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर स्वतः घट्छ ।

व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतभन्दा तल कायम भएको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा अधिकतम ६ प्रतिशत ब्याजदर दिएको ग्लोबल आईएमई बैंकले पुसमा अधिकतम जम्मा ५.५ प्रतिशत कायम गरेको छ ।

मंसिरको तुलनामा पुसमा १३ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ ले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर घटाएसँगै औसतमा घटेको हो ।

ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआई छन् ।

त्यस्तै स्थिर राखेकामा माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंक छन् ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।

बैंकहरूले व्यक्तिगत मुद्दतिमा दिने अधिकतम ब्याजदर 

बैंक मंसिरको ब्याजदर पुसको ब्याजदर
कृषि विकास ४.९५ ४.५५
एभरेस्ट ४.७५
नेपाल ५.२५ ५.१
लक्ष्मी सनराइज ४.७५
माछापुच्छ्रे
एनआईसी एसिया
प्रभु ४.९५ ४.५५
स्टान्डर्ड चार्टड ४.७ ४.६
राष्ट्रिय वाणिज्य ५.५
नबिल ४.७५ ४.५५
ग्लोबल आईएमई ५.५
सिद्धार्थ
प्राइम कमर्सियल ४.७५ ४.२५
कुमारी ४.९१ ४.५३
सानिमा ४.७५
हिमालयन ५.५ ५.५
नेपाल एसबीआई ४.८ ४.५५
इन्भेस्टमेन्ट मेगा
एनएमबी
सिटिजन्स ४.७५ ४.७५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?