+
+
Shares

ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मेदवार बन्ने तय, भानुभक्त ढकाल सचिव

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १३:१९

२९ मंसिर, काठमाडौं । एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि भएको छ ।

लेखरार भट्टलाई सचिव पद दोहोर्‍याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिव बनाउन लागेको हो ।

भट्टले टिमबाटै अब उपमहासचिव पदको उम्मेदवार बन्न लागेको अनलाइनखबरलाई जानकारी दिए । ‘ म अब उपमहासचिव पदको उम्मेदवारी दिन्छु’, उनले भने ।

माओवादी धारबाट आएका उनी दशौं महाधिवेशनमा सचिव भएका थिए । तर, उपमहासचिवमा यसअघि पदाधिकारीमै नरहेका भानुभक्त ढकाललाई ओली टिमबाट अघि सारेपछि असन्तुष्टि बढेको थियो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?