+
+
Shares

व्यक्तिगत रुपमा उम्मेदवारी दिएको छु, प्यानल बनाएका छैनौं : योगेश भट्टराई

‘मैले व्‍यक्तिगत रुपमा उम्‍मेदवारी दिएको छु । अरू सबैले पनि व्यक्तिगत रुपमै उम्मेदावरी दिनु भएको छ,’ महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘समूहगत छैन । हाम्रो उम्‍मेदवारी व्‍यक्तिगत हुन्छ, प्यानल हुँदैन, बनाउँदैनौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले व्यक्तिगत रुपमा उम्मेदवारी दिएको बताएका छन्।
  • उनले समूहबाट प्यानल नबन्ने र अरूले पनि व्यक्तिगत रुपमा उम्मेदवारी दिने बताए।
  • भट्टराईले विधान संशोधन असहमति जनाउँदै समीक्षा आगामी दिनमा हुने बताएका छन्।

२९ मंसिर, काठमाडौं । एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रुपमा उम्मेदवारी दिएको बताएका छन् ।

उनले आफ्नो समूहबाट प्यानल नबन्ने र अरुले पनि व्यक्तिगत रुपमा उम्मेदवारी दिने बताए ।

‘मैले व्‍यक्तिगत रुपमा उम्‍मेदवारी दिएको छु । अरू सबैले पनि व्यक्तिगत रुपमै उम्मेदावरी दिनु भएको छ,’ महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘समूहगत छैन । हाम्रो उम्‍मेदवारी व्‍यक्तिगत हुन्छ, प्यानल हुँदैन, बनाउँदैनौं ।’

उनले केन्द्रीय समिति बैठकमा एक्कासी विधान संशोधनको प्रस्ताव आएको र त्यसलाई पास गरिएको भन्दै असहमति प्रकट गरे । त्यसको समीक्षा आगामी दिनमा हुने उनले बताए ।

‘विधान संशोधन गर्नु औचित्यपूर्ण थिएन । तर अब हलले स्वीकार गरिसक्यो, त्यही अनुसार प्रक्रियामा जान्छ । यसको पनि आगामी दिनमा समीक्षा गर्दै जाऔंला,’ उनले भने ।

३ महिना अगाडि मात्र टुंगो लागेको विधानको विषय अहिले उल्ट्याउनु गलत भएको उनको भनाइ थियो ।

विधान महाधिवेशनको गरिमा र औचित्यलाई पनि ख्याल गर्न उनले आह्वान गरे । साथै संख्या बढाउनुभन्दा मन मिलाउनुपर्ने उनको धारणा छ ।

भट्टराईले भने, ‘मैले त अध्यक्षलाई भनेँ, संख्या बढाउनुभन्दा त मन पो मिलाउनुपर्छ त । पार्टीभित्र त मन पो मिलाउनतिर लाग्नुपर्‍यो । अब मन चाहि नमिलाउने अनि संख्या बढ्‍दै जाने हो भने पार्टीको के अस्तित्व रह्‍यो त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?