+
+
Shares

सहमतिको प्रयास सफल नभएपछि प्यानल बन्यो, स्वस्थ प्रतिस्पर्धा गर्छौं : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १३:२६

२९ मंसिर, काठमाडौं । एमाले नेता महेश बस्नेतले सहमतिको अन्तिम प्रयास गर्दा पनि सफल नभएपछि महाधिवेशनमा प्यानल बन्ने अवस्था आएको बताएका छन् ।

ओली समूहबाट सचिव पदको उम्मेदवारी दिनका लागेका बस्नेतले वरिष्ठ नेता ईश्वर पोखरेललाई अध्यक्ष ओलीले सहमतिबाट जान प्रस्ताव गरेको र त्यही अनुसार विधान समेत संशोधन गरिएको बताए ।

‘तर ईश्वर कमरेडले नमानेपछि सहमति भएन । त्यसैले अब जे हुन्छ चुनावी प्रतिष्पर्धाबाट हुन्छ’ उनले अनलाइनखबरसँग भने, ‘हामी स्वस्थ्य प्रतिस्पर्धा गर्छौं ।’

उनले आज उम्मेदवारीको प्रक्रिया सकिएपछि भोलि बिहानबाट भोटिङ सुरु हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?