+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
163/4 (19.1)
Shares

बुझ्ने जेनजीहरूले प्रधानमन्त्रीलाई घेर्न थालिसके : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १७:२९

१० मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतले जेनजीहरू बहकिएकै कारण लोकतान्त्रिक विधिबाट चुनिएको सरकार ढलेको भन्दै धेरै नबहकिन आग्रह गरेका छन् ।

बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘जेनजी भाइहरू तपाईंहरू धेरै नहबकिनुस् । तपाईंहरू एक चोटी बहकिएको कारणले ७६ जनाको मृत्यु भयो । हाम्रो  सिंहदरबार जल्यो । सर्वोच्च अदालत जल्यो । संसद् भवन जल्यो । सारा सरकारी कार्यालयहरू जले । ५०० भन्दा बढी प्रहरी चौकी जले । देश ध्वस्त भयो । लोकतान्त्रिक विधिबाट चुनिएको सरकार ढल्यो ।’

जेनजी आन्दोलनको भरमा सुशीला कार्कीको सरकार आएको भन्दै उनले नबुझ्ने जेनजीहरू अरूले बहकाएको भरमा आन्दोलन गरिरहेको बताए ।

उनले अगाडि भने, ‘बुझ्ने मिरज ढुंगाना लगायत जेनजीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई घेर्न थालिसके । राष्ट्रपतिको राजीनामा माग्न थालिसके । कुलमान घिसिङलाई घुसिहा भन्दै राजीनामा माग्न थालिसके ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?