+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

कुलमान, बालेन र सुदनलाई पक्राउ गर्न महेश बस्नेतको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १५:२४

१० मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् ।

आफ्नो पार्टीले गरिरहेको कार्यक्रममा बाधा पुर्‍याउन उनीहरूले नै षड्यन्त्र गरिरहेको उनको आरोप छ ।

‘जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्‍याउन षड्यन्त्र गर्ने कुलमान घिसिङ, बालेन र सुदन गुरुङ हुन्,’ बस्नेतले भनेका छन्, ‘यिनलाई पक्राउ गरेर छानबिन गर्नैपर्छ ।’

उनले बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियानमा जाँदा जेनजीका नाममा प्लेकार्ड देखाउँदै युवाहरू पुगेका थिए ।

उनीहरूले एमाले र युवा संघविरुद्ध नाराबाजी पनि गरेका थिए । सो क्रममा प्रहरीले देखाएको भूमिकाको बस्नेतले प्रशंसा गरेका छन् ।

‘प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ,’ बस्नेतले भनेका छन्, ‘उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भुमिकाले आजसम्म कुनै पनि अप्रिय घटना दिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?