काठमाडौं । जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेलाको प्रारम्भ गरेको छ।
दशैं ग्राण्ड एक्सचेन्ज मेलाको उद्घाटन एक कार्यक्रमका बीच शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका थिए । टीभीएसले ग्राहकको चाहनालाई मध्यनजर गर्दै बजारमा नयाँ र नविनतम प्रविधिका मोटरसाइकल तथा स्कुटर नेपाल भित्र्याउने गरेको उनको भनाइ थियो । यस एक्सचेन्ज मेलाले ग्राहकलाई नयाँ सवारी का साथै दशैंमा थप खुसियाली प्रदान गर्ने उनको विश्वास थियो ।
असोज ६ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने कम्पनीले जनाएको छ ।
यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप रु. १० हजारसम्म मूल्यांकन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र खरिद गरिसकेपछि रु.१० लाखसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । यसका लागि नयाँ सवारी खरिद गर्न इच्छुक ग्राहकले टीभीएसनेपाल डटकम/दशैं (tvsnepal.com/Dashain) मा जानु पर्ने हुन्छ। यसैगरी शून्य प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ । यस अफरमा प्रि-बुकिङ् गरे मात्र पनि ग्राहक हरुको लागि रु. २ हजार बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको एक्सचेन्जमा ईएमआई अफर रहेको छ । जहाँ ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मूल्यांकन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम ईएमआईको सुरुवाती दर रु. ५ हजार ९९९ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन् । यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान ईएमआई र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको कम्पनीको भनाइ छ । त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का-पक्की उपहार प्राप्त गर्न सक्ने छन्।
प्रतिक्रिया 4