+
+

चङ्गा फाउन्डेसनमा नयाँ नेतृत्व, पदाधिकारी सबै महिला

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १६:१५

११ असोज, काठमाडौं । बालअधिकार, बालमैत्री स्थानीय शासन र बालिका तथा किशोरीहरुको सशक्तिकरणमा क्रियाशिल गैरसरकारी संस्था चङ्गा फाउण्डेशनको नेतृत्व युवा महिलाहरुले गर्ने भएका छन् । विगतमा बाल क्लबमा कार्यरत २७ वर्षभन्दा मुनिका युवा महिलाहरुले संस्थाको नेतृत्व लिएका हुन् ।

सोमबार काठमाडौंमा भएको साधारण सभाले अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिमा सञ्जिता देवकोटा सचिव, निरुता खत्री कोषाध्यक्ष र पुजा प्रजा चेपाङ, सुमन शाह, रञ्जना चौधरी र विनुमाया लोप्चन सदस्य छन् ।

देशभर रहेका २५ हजार बाल क्लबबाट ‘ग्राजुएट’ भएका युवाहरु संगठित हुन पाउने साझा थलोको रुपमा चङ्गा फाउण्डेशन स्थापना भएको र बालबालिकाको मातृसंस्थाको रुपमा निरन्तर क्रियाशिल रहने अध्यक्ष परियारले बताइन् ।

विगतमा बाल क्लबमा रहेर काम गरेका युवाहरुले बालअधिकारका क्षेत्रमा योगदान गर्न सकुन् भन्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको निवर्तमान अध्यक्ष हिमाल गैरेले बताए ।

बालक्लवबाट ग्राजुएट भएका युवाहरुलाई जुन पेशामा गए पनि बालअधिकार प्रति संवेदनशिल बनाउन, बालअधिकारका क्षेत्रमा योगदान गर्न, स्थानीय पालिकालाई सघाउ पुर्याउन यो संस्थाले पुलको काम गरिरहेको राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेल बताउँछन् ।

तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७३ सालमा जारी गरेको बालक्लव गठन र सञ्चालन सम्बन्धि निर्देशिका यही संस्थाले निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको र मन्त्रालयले जारी गरेको सो प्रक्रियामा संलग्न हरिबोल आर्चायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?