+
+

ताइवानसँग तनाव चर्किरहेका बेला बाइडेन र सीबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते ११:३४

२० असोज, काठमाडौं  । चीन र ताइवानबीच तनाव चर्किरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिङफिङसँग छलफल गरेका छन् ।

बाइडेनले मंगलबार ताइवानबारे सीसँग छलफल गरेको जानकारी गराएका हुन् । ह्वाइट हाउसमा पत्रकारले ‘ताइवानमा चीनको उक्साहटपूर्ण’ व्यवहारबारे सोधेको प्रश्नको उत्तरु दिँदै बाइडेनले भने- ‘मैले ताइवानबारे सीसँग कुरा गरेको छु’, ताइवान सहमतिलाई पालना गर्नेबारे हामी सहमत छौं र उनले समेत सहमतिबाहेक अन्य कुरा गर्न नहुने भनेर प्रस्ट बताएका छौं ।’

चीनले सोमबार ताइवानी आकाशमा हालसम्मकै धेरै सैनिक जहाज उडाएको थियो । पछिल्लो चिनियाँ व्यवहारपछि बाइडेनले सीसँग यसबारे छलफल गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

ताइवानले चीनको पछिल्लो व्यवहार उक्साहटपूर्ण भन्दै निन्दा गरेको छ । ताइवानी रक्षामन्त्री चिउ कुओ चेङले बुधबार २०१५ सम्ममा चीनले आफ्नो मुलुकमा आक्रमण गर्ने तयारी गरेको चेतावनी दिएका थिए ।

यसअघि ताइवानी राष्ट्रपति त्साई इङ वेनले आफ्नो देशलाई चीनले कब्जा गरे एसियाको शान्ति र लोकतन्त्रमा विनाशकारी परिणाम आउने चेतावनी दिएकी थिइन् । वेनले फरेन अफेयर्समा एक लेख लेख्दै ‘लोकतन्त्र र आफूहरुमाथि खतरा उत्पन्न भए ताइवानले सबै उपाय अपनाएर आफूलाई रक्षा गर्ने’ प्रस्ट पारेकी छन् ।

उक्त लेखको जवाफ दिँदै चीनको ग्लोबल टाइम्सले वेन र उनको दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ताइवानको लोकतन्त्रलाई ‘अतिवादी विचारधारा’मा परिणत गरेको जनाएको छ । ‘उनीहरुले ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गरे भने उनीहरुको नियति विनाशकारी हुनेछ’, ग्लोबल टाइम्सले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?