२२ असोज, काठमाडौं । नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको टोलीलाई प्रहरीले भात खाँदाखाँदै पक्राउ गरेको छ ।
माइतिघर मण्डलामा साँझको खाना खाइरहेका महिला तथा पुरुषलाई प्रहरीले निषेधित क्षेत्रमा बसेको भन्दै पक्राउ गरेको हो ।
‘राति हाम्रो जाने ठाउँ नभएकाले यहीँ बस्न लागेका हौं’ न्यायका लागि आएका माताप्रसाद धोबीले भने, ‘बस्ने ठाउँ छैन भन्दाभन्दै दिउँसैदेखि प्रहरीले हामीलाई हटाउन बल प्रयोग गरिरहेको थियो ।’
थकित शरीर र सुन्निएका गोडा लिएर माइतिघरको चर्को घाममा यो टोली न्यायका लागि धर्ना बसिरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4