+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नश्ल सुधारका लागि ल्याएको बोका काटेर खाएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १४:११
फाइल तस्वीर

१ कात्तिक, बुटवल । बाख्रामा नश्ल सुधारका लागि नवलपरासीको सुनवल नगरपालिकाले अनुदानमा दिएको झण्डै तीन लाख रुपैयाँमा किनेको बोका किसान र जनप्रतिनिधि मिलेर दशैंमा काटेर खाएका छन् ।

अनुदानमा ल्याएको बोका काटेर खानु सरकारी सम्पत्तिको हिनामिना भएको भन्दै स्थानीयले भने यसबारे छानविन गरी दोषीहरुलाई कारबाही गर्न माग गरेका छन् ।

सुनवल नगरपालिकाले दुई वर्ष अघि अष्ट्रेलियन बोयर जातको बोका वडा नम्बर १३ का किसानहरूका लागि स्थानीय किसान गंगाराम गैरेलाई पाल्न दिएको थियो । स्थानीय सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत लागत रहने अनुदान कार्यक्रम अनुसार सुनवल नगरपालिकाको २ लाख ८० हजार र किसानको ७८ हजार रूपैयाँ लगानीमा बोका ल्याइएको थियो ।

त्यही बोका, दशैंमा किसान र जनप्रतिनिधि मिलेर काटेका छन् । बोका बिरामी परेर नश्ल सुधारका लागि काम नलाग्ने भएपछि नगर प्रमुख भिमबहादुर थापा (भरत), नगर पशु शाखा प्रमुख मिश्रिप्रसाद खड्का र वडाध्यक्ष कृष्णप्रसाद देवकोटाको सहमतिमा काटेर मासु बेचेको गंगारामले बताएका छन् । उनकाअनुसार उक्त बोकाको मासु ९०० रुपैयाँ प्रतिकेजीका दरले विक्री गरिएको थियो ।

नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १३ का वडाध्यक्ष कृष्णप्रसाद देवकोटाले पनि बोका पटक–पटक बिरामी भएपछि बोयर प्रजातिको अर्को बोका दिने शर्तमा काट्न अनुमति दिएको बताए । बोका करिब ८० केजीको थियो ।

लुम्बिनी प्रदेश कृषि मन्त्रालयका पशु विकास अधिकृत हुमाकान्त पाण्डेले भने नश्ल सुधारका लागि सरकारी अनुदानमा दिइएको बोका मासु खाने प्रयोजनका लागि आफूखुशी बध गर्न नपाइने बताए । ‘बोका अस्वस्थ रहेको प्रमाणित भएको छैन,’ पाण्डेले भने, ‘यो विषयमा छानविन गरेर दोषीलाई कारवाही हुनुपर्छ ।’

स्थानीय केही युवाले पनि बोका काटेर खानेहरुलाई कारबाही गर्न माग गर्दै नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् । दोषीलाई कारवाहीको माग गर्दै निवेदन दर्ता गरेको सुनवल नगरपालिकाका स्थानीय दीपक रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?