+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १०:२८

४ कात्तिक, सप्तरी । सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ मा बिहीबार बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका हुन् ।

आफ्नै  घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो । त्यो होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो ।

साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ ।

करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?