९ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा ट्रकबाट सिसा अनलोड गर्ने क्रममा एकजना मजदुरको मृत्यु भएको छ ।
सिसा ‘अनलोड’ गर्ने क्रममा च्यापिन पुग्दा वीरगञ्ज–१५ बरवाटोल बस्ने ३८ वर्षीय सुरेन्द्र साहको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
एचआर ५८ ए ३७७१ नम्बरको ट्रकबाट सिसा झार्ने क्रममा उनलाई च्यापेको थियो । सिसाले च्यापेर घाइते भएपछि उनलाई उपचारको लागि तराई अस्पताल वीरगञ्ज लगिएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको थियो । शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्रकका चालक, सह–चालक र धनी फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4