
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मी प्राविधिकहरुलाई भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माण कर्मीहरुलाई भवन निर्माण सम्बन्धी प्रविधिक परामर्श दिइएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागी निर्माणकर्मीहरुका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भवन निर्माणको क्रममा जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता रहेकाले त्यस्ता जोखिमलाई मध्यनजर राखेर निर्माणकर्मीहरुका लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको कम्पनीले जनाएको छ ।
देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरुका लागि ५ लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बिमा गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4