+
+
Shares

नेसनल घर निर्माण फेस्ट–२०८२ को प्रायोजकमा शिवम् सिमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्किल सेवा कम्पनी र शिवम् सिमेन्टबीच नेसनल घर निर्माण फेस्ट २०८२ आयोजना तथा प्रबर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
  • नेसनल घर निर्माण फेस्ट २०८२ पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा निःशुल्क प्रवेशसहित आयोजना हुनेछ।
  • फेस्टले घर निर्माणसम्बन्धी सिप, परामर्श, सामग्री र प्रविधि प्रस्तुत गर्दै गुणस्तरीय, सुरक्षित र दिगो घर निर्माणको राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।

२ पुस, काठमाडौं । स्किल सेवा कम्पनी र शिवम् सिमेन्टबीच नेसनल घर निर्माण फेस्ट २०८२ आयोजना तथा प्रबर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार स्किल सेवाद्वारा आयोजना हुने नेसनल घर निर्माण फेस्ट–२०८२ मा शिवम् सिमेन्ट प्रायोजक (पावर्ड बाइ) को रूपमा आबद्ध भएको हो ।

घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रियस्तरको प्रदर्शनी २०८२ पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनी सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहने आयोजकले जनाएको छ ।

घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सिप, परामर्श, सामग्री साथै नेपालभरका निर्माण व्यावसायी र प्रविधिहरू एउटै थलोमा प्रस्तुत गरिनेछ । कार्यक्रमले गुणस्तरीय, सुरक्षित र दिगो घर निर्माणबारे राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ ।

एक्पोको विशेष आकर्षणका रूपमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने उद्देश्यसहित संसारकै सबैभन्दा ठूलो इट्टा प्रदर्शनीमा राखिने जानकारी दिइएको छ । उक्त प्रयासले नेपाली निर्माण क्षेत्रको क्षमता र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने आयोजकको भनाइ छ ।

नेसनल घर निर्माण एक्स्पो–२०८२ ले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा आम उपभोक्तालाई घर निर्माणसम्बन्धी नवीन जानकारी र अनुभव साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

५३ ग्रेड र ४३ ग्रेडको ओपीसी सिमेन्ट कम्पनीले उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?