+
+
Shares

भारतमा ४०० करोड क्लबमा ‘धुरन्धर’, दोस्रो हप्तामा धेरै कमाउने रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रणवीर सिंह स्टारर बलिउड फिल्म 'धुरन्धर'ले १२ दिनमा भारतीय बक्सअफिसमा ४२५.५० करोड भारु कमाएको छ।
  • फिल्मले दोस्रो सातामा २०० करोड भारु कमाउने कीर्तिमान राखेको छ, जुन पहिले 'पुष्पा २'को नाममा थियो।
  • भारतीय विदेश मन्त्रालयको गुप्तचरी अप्रेसनको कथा प्रस्तुत गर्ने यो फिल्मले पाकिस्तानमा पनि चर्चा पाएको छ।

मुम्बई । रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले भारतीय बक्सअफिसमा प्रदर्शनको १२ दिनसम्म ४०० करोड भारुभन्दा धेरै कमाइ गरेको छ । आदित्य धर निर्देशित यो फिल्मले मंगलबारसम्म भारतमा ४२५.५० करोड भारु कमाएको छ ।

दोस्रो साताको शुक्रबार ३४.७० करोड भारु, शनिबार ५३.७० करोड भारु, आइतबार ५८.२० करोड भारु, सोमबार ३१.८० करोड भारु र मंगलबार ३२.१० करोड भारु कमाइ गरेको छ ।

भारतीय सिनेमाको इतिहासमा फिल्मले दोस्रो सातामा २०० करोड भारु कमाउने कीर्तिमान समेत रचेको छ । यसअघि यो कीर्तिमान ‘पुष्पा २’ को नाममा थियो, जसले १९९ करोड भारु कमाएको थियो ।

फिल्मले यो शुक्रबार रिलिज हुने ‘अवतार ३’ लाई मात्र होइन, क्रिसमसमा प्रदर्शनमा आउन लागेका अन्य फिल्मलाई समेत चुनौती दिने प्रक्षेपण भारतीय ब्यापार विश्लेषक तरण आदर्शले गरेका छन् ।

रणवीरसहित अक्षय खन्ना, अर्जुन रामपाल, संजय दत्त स्टारर फिल्मले भारतीय विदेश मन्त्रालयले पाकिस्तानमा चलाएको गुप्तचरी अप्रेसनको कथा पेश गर्छ । यो फिल्मले भारतमात्र होइन, पाकिस्तानमा पनि चर्चा बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?