+
+
Shares

बोन्डी बीचका आक्रमणकारी अकरमविरूद्ध हत्याका १५ मुद्दा

अस्ट्रेलियाको सिड्नीमा भएको ‘बोन्डी बीच गोलीबारी’का जीवित संदिग्ध आक्रमणकारी नविद अकरममाथि ५९ आरोप लगाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाको सिड्नीमा भएको बोन्डी बीच गोलीबारीका जीवित संदिग्ध नविद अकरममाथि ५९ आरोप लगाइएको छ।
  • न्यू साउथ वेल्स प्रहरीले नविदमाथि १५ हत्याका आरोप र एक आतंकवादीकृत्य गरेको आरोप तय गरेको छ।
  • यो आक्रमण यहुदी समुदायलाई लक्षित गरी हनुक्काको पहिलो रातमा भएको थियो र १५ जनाको मृत्यु भएको थियो।

२ पुस, काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भएको ‘बोन्डी बीच गोलीबारी’का जीवित संदिग्ध आक्रमणकारी नविद अकरममाथि ५९ आरोप लगाइएको छ ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार नवीदविरूद्ध १५ हत्याका आरोप र एक आतंकवादीकृत्य गरेको आरोप तय गरिएको छ । अर्का आक्रमणकारी ५० वर्षीय साजिद अकरमको प्रहरीको जवाफी कराबाहीमा घटनास्थलमै मृत्यु भएको थियो ।

यहुदी समुदायलाई लक्षित गरेर भएको आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै थुप्रै मानिसहरू घाइते भएका थिए ।

यो आक्रमण यहुदी पर्व हनुक्काको पहिलो रातमा आयोजना हुने समारोहका दौरान भएको थियो । सन् १९९६ पछि अस्ट्रेलियामा भएको यो सबैभन्दा घातक गोलीबारी मानिएको छ ।

नवीद अकरममाथि हत्याको आशय राखेर गम्भीर शारीरिक नोक्सान पुर्‍याइएको ४० आरोप पनि लगाइएको छ

यसका साथै प्रतिबन्धित चरमपन्थी संगठनको प्रतिक सार्वजनिक रूपमा प्रदर्शन गरेको एउटा आरोप पनि उनीमाथि लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?