+
+
Shares

प्रतिनिधिसभा निर्वाचन : काठमाडौं-७ मा कांग्रेसका १९ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १३:५५
Listen News
0:00
0:30
🔊

२ पुस, काठमाडौं । आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ काठमाडौं–७ मा नेपाली कांग्रेसबाट १९ जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्रीय कार्यसमितिले पार्टीका महानगर सभापति नीलकाजी श्रेष्ठसहित १९ जनाको नाम काठमाडौं–७ बाट प्रत्यक्षतर्फ जिल्ला कार्यसमितिसमक्ष सिफारिस गरेको हो ।

सिफारिस हुनेमा भ्रातृसंगठन नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोजकुमार थापादेखि पूर्वकेन्द्रीय सदस्य सुशील भट्ट रहेका छन् ।

नेविसंघका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं, पूर्वकेन्द्रीय सदस्यहरू सबिन तामाङ, पुनम लामा पनि सिफारिसमा परेका छन् ।

यस्तै नेपाल तरुण दलका पूर्वकेन्द्रीय विनोद पन्त, पूर्वक्षेत्रीय सभापति धर्मराज अर्याल, पूर्वक्षेत्रीय सचिव सुरेन्द्र श्रेष्ठ, अन्जु सिंह चौधरी, दक्ष पौडेल, दिवा शिवाकोटी, गीता न्यौपाने, गोविन्दप्रसाद शर्माको नाम पनि सिफारि गरिएको छ ।

क्षेत्रीय समितिबाट सिफारिस हुनेमा इन्द्रलाल सिंह, प्रशान्तमानसिंह मास्के, राजिव श्रेष्ठ, डा. रामशरण थापलिया र शर्मिला फुँयाल रहेका छन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फ प्रमिलादेवी सिंह डंगोल, विजयबहादुर माली, बासुदेव लामा, कमला राजभण्डारी, अन्जना मास्के, मनोज राना, सरला कोइराला आचार्य, डा. शशी थापा, सिर्जना लामिछाने र हेराकाजी प्रजापतिको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ७ ले काठमाडौं सभापति कृष्ण बानियाँ (सबुज) लाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको छ  । डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष सीताराम केसी, डिल्लीराम नकर्मी, नगेन्द्रध्वज कार्की र गोमादेवी पौडेल पनि राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?