News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल, अमेरिका र पोल्याण्डको सहकार्यमा कथानक फिल्म 'शिरजरा : सङ अफ ग्रान्ड मदर' बन्ने भएको छ।
- फिल्मको पटकथा र निर्देशन विकास सुवेदीले गर्नेछन् भने नेपालमा सुवास भुसाल निर्माता छन्।
- फेब्रुअरी २०२६ देखि छायांकन सुरु हुने फिल्मको पोष्ट-प्रोडक्सन पोल्याण्डमा हुनेछ।
काठमाडौं । नेपाल, अमेरिका र पोल्याण्डको निर्माण सहकार्यमा कथानक फिल्म ‘शिरजरा : सङ अफ ग्रान्ड मदर’ बन्ने भएको छ ।
निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने प्रेषित विवरणमा जनाइएको छ ।
विकास सुवेदीको पटकथा र निर्देशन रहने फिल्मको नेपाल निर्मातामा सुवास भुसाल हुनेछन् । कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोष्ट-प्रोडक्सनको काम हुने जनाइएको छ ।
मेटा-मोर्डन फिलोसोफिकल विधामा फिल्म बन्ने बताइएको छ । अहिले प्रि-प्रोडक्सनको काम भइरहेको फिल्मको छायांकन फेब्रुअरी २०२६ देखी सुरु हुने उल्लेख छ । कास्ट र क्रूबारे चाँडै जानकारी दिइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4