News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली डान्सर आश्मा विश्वकर्माले बलिउड फिल्म 'धुरन्धर'को गीतमा अक्षय खन्नाको डान्स स्टेपलाई चुनौती दिँदै नयाँ भिडियो सार्वजनिक गरेकी छन्।
- अश्माको कालो पहिरन र चस्मामा सजिएको भिडियोले अक्षयको स्वाग र स्टाइललाई फलो गरेको छ र केही घण्टामै लाखौंले हेरेका छन्।
- यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ र दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।
काठमाडौँ । चर्चित नेपाली डान्सर आश्मा विश्वकर्मालाई यतिबेला ट्रेन्डिङले पछ्याउन छाडिरहेको छैन । यसअघि उनले रामचरणलाई चुनौती दिने गरि दक्षिण भारतीय फिल्म ‘पेड्डी’ मा समावेश गीत ‘चिक्री चिक्री’ माथि भाइरल भिडियो बनाएकी थिइन् ।
त्यो भिडियो नेपाल र भारतमा समेत यति चर्चित भयो कि, सामाजिक संजालमा करोडौंले उक्त भिडियो हेरेका छन् ।
यतिबेला, बलिउड फिल्म ‘धुरन्धर’को एक गीत भाइरल छ जसमा अक्षय खन्नाले केही डान्स स्टेप दिएका छन् । मुकेश खन्ना र रेखाको आइकोनिक गीतबाट प्रभावित उनको यो डान्स स्टेप फिल्मभित्र उनको इन्ट्री गीतको रुपमा प्रस्तुत छ ।
यो अरविक गीतको शब्द दर्शकले बुझ्दैनन् तर, यसको मीठास कम्पोज, लय र नृत्यले दर्शकको मन अवश्य जित्छ । यो गीत अहिले जतासुकै भाइरल छ । लाखौं टिकटक र रिल्स बनिरहेका छन् ।
बहराइनका र्यापर फ्लिप्पेराचीले गाएको अरबी ट्रयाक फालामा उक्त गीत आधारित छ ।
यस्तोमा, नेपाली डान्सर आश्माले अक्षय खन्नालाई चुनौती दिने गरि यो गीतमाथि भिडियो बनाएकी छन् । कालो पहिरन र चस्मामा सजिएकी आश्माले अक्षयको जस्तै स्वाग र स्टाइललाई फलो गरेकी छन् ।
विहिबार अपरान्ह सार्वजनिक गरिएको यो भिडियो पनि आकर्षक देखिन्छ । सेयर गरिएको केही घण्टामै यसलाई लाखौंले हेरेका छन् र सकारात्मक प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4