News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउड फिल्म 'धुरन्धर'ले नेपालमा ५ करोड १२ लाख २० हजार २६ रुपैयाँ ग्रस कमाएको छ।
- यो फिल्म भारत र पाकिस्तानबीचको भूराजनीतिक कथामा आधारित एक्सन-स्पाई थ्रीलर हो र नेपाली दर्शकले रुचाएका छन्।
- भारतमा फिल्मले ३०० करोडभन्दा बढी कमाएको छ र अक्षय खन्नाको गीत नेपालमा भाइरल बनेको छ।
काठमाडौं । रणवीर सिंह, अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले नेपालको बक्सअफिसमा समेत उत्साहजनक कमाइ गरिरहेको देखिएको छ । आइतबार मध्यान्हसम्म फिल्मको नेपाल कमाइ ५ करोड ग्रस नाघेको छ ।
सिनेपाः बक्सअफिसमा फिल्मको कूल कलेक्सन आइतबार दिउँसो १२ बजेसम्म ५ करोड १२ लाख २० हजार २६४ नेरु ग्रस पुगेको छ । शनिबार मात्रैको कलेक्सन ८० लाख हाराहारीमा छ ।
भारत र पाकिस्तानबीचको भूराजनीतिको कथावस्तु समेटिएको यो एक्सन-स्पाई थ्रीलर नेपाली दर्शकलाई समेत रुचिपूर्ण लागेको देखिएको छ । अन्य ठूला फिल्म नहुँदाको फाइदा पनि यो फिल्मले उठाएको देखिन्छ ।
भारतमा यो फिल्मले शनिबारसम्म ३०० करोेडभन्दा धेरै कमाएको छ । अक्षय खन्नाको एन्ट्री गीत नेपालमा समेत भाइरल बनेको देखिएको छ भने केही नेपाली कलाकारले पनि यसमाथि रिल्स, टिकटक बनाइरहेका छन् ।
छिमेकी मुलुकमा पाएको चर्चाले नेपालमा समेत यसलाई फाइदा पुगेको देखिन्छ ।
प्रतिक्रिया 4