+
+
Shares
बलिउड :

‘धुरन्धर’ भारतमा ३०० करोड क्लबमा, मुम्बई र पुनेमा राती १ बजेदेखि शो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ भारतीय बक्सअफिसमा ३०० करोड क्लबमा प्रवेश गरेको छ।
  • फिल्मले दोस्रो शुक्रबार ३४.७० करोड र शनिबार ५३.७० करोड भारु कमाएको छ र कूल कलेक्सन ३०६.४० करोड भारु पुगेको छ।
  • ‘धुरन्धर’लाई लिएर खाडीका ६ राष्ट्रले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् भने भारतमा राजनीतिक मत विभाजन पनि देखिएको छ।

मुम्बई । रणवीर सिंह, अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ भारतीय बक्सअफिसमा ३०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले दोस्रो शुक्रबार ३४.७० करोड भारु र शनिबार ५३.७० करोड भारु कमायो ।

अहिलेसम्म फिल्मको कूल कलेक्सन ३०६.४० करोड भारु हुन आउँछ । भारतीय फिल्मका ब्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘धुरन्धर’ दोस्रो शनिबार सर्वाधिक कमाउने फिल्म समेत बनेको छ ।

‘यो फिल्मको कमाइको गति तत्काल रोकिने छाँटकाँट छैन’ आदर्शले लेखेका छन् । रोचक के छ भने, मुम्बईमा यो फिल्मको शो राती १२ बजेर ४५ मिनेट र पुनेमा १२ः२० बजे राती पनि थालिएको छ ।

सुरुवातीभन्दा पछिल्ला दिनमा फिल्मको कलेक्सनमा बढोत्तरी देखिन्छ । फिल्मको क्राफ्टलाई लिएर चौतर्फी प्रशंसा भएको छ । यद्यपि, कथावस्तु भूराजनीतिक भएकाले यसलाई लिएर विवाद देखिन्छ । बलिउड अभिनेता ऋतिक रोशनले मेकिङको प्रशंसा गर्दै यसको कथामा आफ्नो असहमति रहेको बताएका छन् ।

‘एन्टी-पाकिस्तान’ कथा भएको जनाउँदै खाडीका ६ राष्ट्रले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का नेता खुलेरै प्रशंसामा उत्रिएका छन् । यसकारण, यसले राजनीतिक तहमा समेत मत विभाजन गरिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?