+
+
Shares

पोखरा सडक महोत्सवको २७ औं संस्करण पुस १३ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १३:३९

२ पुस, काठमाडौं । पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पुस १३ गतेदेखि शुरु हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले यसबारे जानकारी गराएको हो । महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेक साइडमा करिव साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुने बताइएको छ ।

सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ भन्ने मूल नारासहित खाना, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्न महोत्सवले मुख्य भुमिका खेल्ने पोखरा सडक महोत्सवको २७ औं संस्करणका संयोजक वसन्त गौतमले बताए ।

उनका अनुसार महोत्सवले पोखराको पहिचान र गौरवमय इतिहासको बोध गराउने बताए ।

पोखरा प्राकृतिक र सांस्कृतिक रुपमा खुला संग्रहालय भएको उल्लेख गर्दै सडक महोत्सवले पर्यटन तथा अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?