+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
६० बलमा ६३ रन आवश्यक
लुम्बिनी लायन्स 2025
49/2 (9.6)
Shares

शिवम् सिमेन्टद्वारा छात्रालक्षित छात्रवृत्ति प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिवम् सिमेन्टले हेटौंडा–१७ स्थित लक्ष्मी आधारभूत विद्यालयका १०४ जना छात्राका लागि चालु शैक्षिक सत्रको छात्रवृत्ति प्रदान गरेको छ।
  • विद्यालयमा आठ महिनाको शुल्कबापतको रकम मंगलबार विद्यालय परिसरमा हस्तान्तरण गरिएको थियो।
  • विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले आगामी शैक्षिक सत्रदेखि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिदिन आग्रह गर्नुभयो।

२४ मंसिर, काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गर्दै हेटौंडामा रहेको शिवम् सिमेन्टले छात्रा लक्षित छात्रवृत्ति प्रदान गरेको छ ।

कम्पनीले हेटौंडा–१७, हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्राका लागि चालु शैक्षिक सत्रको लागि उक्त छात्रवृत्ति प्रदान गरेको हो ।

विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट लिइँदै आएको आठ महिनाको शुल्कबापत हुन आउने रकम मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

१७ नम्बर वडाका जनप्रतिनिधी, शिवम् सिमेन्टका प्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक लगायतको उपस्थितिमा छात्रवृत्ति हस्तान्तरण गरिएको हो ।

कम्पनीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ । उक्त छात्रवृत्तिले छात्राहरूको मनोबल उच्च हुनुका साथै विद्यालयमा छात्रा उपस्थितिमा वृद्धि हुने विश्वास रहेको कम्पनीको भनाइ छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा सहयोग पुर्‍याएकोमा शिवम् सिमेन्ट लिमिटेडप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने बताए । साथै, उद्योग सन् २०६८ सालमा स्थापना भएदेखि विद्यालयसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी शैक्षिक सत्रदेखि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिदिन आग्रह पनि गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?