
News Summary
Generated by OK AI. Editorially reviewed.- शिवम् सिमेन्टले हालैको जेनजी आन्दोलनपछि काठमाडौंमा भएका आगजनी र तोडफोडका कारण असुविधा व्यवस्थापनका लागि सरसफाइ कार्यक्रम सुरु गरेको छ।
- कम्पनीले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्दै सरसफाइका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर सहयोग गरेको छ।
- शिवम् सिमेन्टले आगामी दिनमा पनि निरन्तर श्रमदान र सरसफाइ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
३० भदौ, काठमाडौं । हालैको जेनजी आन्दोलनपछि काठमाडौंमा भएका आगजनी तथा तोडफोडका कारण सिर्जित असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाइ कार्यक्रम सुरु गरेको छ ।
कम्पनीले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाइ गर्नुका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ ।
कम्पनीका अनुसार वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै आगामी दिनमा समेत निरन्तर श्रमदान तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिने छ ।
शिवम् सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र सहर व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।
वर्तमान परिस्थितिमा समुदाय र सहर पुनर्निर्माणका लागि सहयोग र श्रमदान गर्नु आफ्नो कर्तव्य भएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4