
News Summary
Generated by OK AI. Editorially reviewed.- शिवम् सिमेन्टको गत आर्थिक वर्षको चौथो त्रैमासिक खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी हो।
- कम्पनीको बिक्री लागत घट्दा नाफामा उल्लेख्य योगदान पुगेको छ, बिक्री आम्दानी ७ अर्ब ७६ करोड र बिक्री लागत ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ।
- वित्तीय लागत घटेर ४ करोड ९६ लाख रुपैयाँबाट १ करोड रुपैयाँमा झरेको छ, वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५५ पैसा र सेयर मूल्य ६३३ रुपैयाँ ९० पैसा रहेको छ।
२८ साउन, काठमाडौं । शिवम् सिमेन्टको नाफा तीन गुणा बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २५ करोड ९६ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री लागत घट्दा नाफामा उल्लेख्य योगदान पुगेको हो ।
कुल बिक्री आम्दानी सामान्य बढेको छ । बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७० करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब ७६ करोड रुपैयाँ छ । त्यस्तै बिक्री लागत अघिल्लो आर्थिक वर्ष ६ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ३ करोड छ ।
साथै बैंकको ब्याज घट्दा वित्तीय लागत पनि घटेको छ । पहिले यस्तो लागत ४ करोड ९६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ करोड रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५५ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा छ । मंगलबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ६३३ रुपैयाँ ९० पैसा छ ।
प्रतिक्रिया 4