+
+
Shares

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, लाभांश क्षमता १९ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते ८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्टान्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्षको खुद नाफा ७.६ प्रतिशत घटेर ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
  • खुद ब्याज आम्दानी घटेर ५ अर्ब १३ करोडबाट ४ अर्ब ४८ करोड रुपैयाँमा झरेको बैंकले जनाएको छ।
  • कुल कर्जामा निष्क्रिय कर्जा २.१४ प्रतिशतबाट १.४७ प्रतिशतमा घटेको बैंकले खुलाएको छ।

३० साउन, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ७.६ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३ अर्ब २ करोड रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ३ अर्ब २७ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी नै घट्दा बैंकको नाफामा सिधा असर परेको छ । खुद ब्याज आम्दानी अघिल्लो अर्थिक वर्ष ५ अर्ब १३ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ४ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।

बैंकले लोन लस प्रोभिजनबाट ३३ करोड रुपैयाँ फिर्ता गरेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३० रुपैयाँ १७ पैसा छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७३ पैसा थियो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १९ रुपैयाँ ८५ पैसा हो ।

निष्क्रिय कर्जा घटाउन बैंक सफल भएको छ । कुल कर्जामा यस्तो कर्जा अघिल्लो आर्थिक वर्ष २.१४ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म १.४७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ छ । बजारमा अन्तिम सेयर मूल्य प्रतिकित्ता ६३७.४६ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?