+
+
Shares

ग्लोबल आईएमई बैंकको नाफा बढ्यो, लाभांश क्षमता १४ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते ८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
  • बैंकको नाफा गत आर्थिक वर्ष ६ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब १३ करोड रुपैयाँभन्दा बढी हो।
  • बैंकको कुल कर्जामा निष्क्रिय कर्जा ४.८७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ४.१७ प्रतिशतभन्दा बढेको छ।

२८ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकको खुद नाफा ६ अर्ब २० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ६ अर्ब १३ करोड रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६ अर्ब ७१ करोड रुपैयाँ छ ।

बैंकको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढेको छ । यस्तो रकम अघिल्लो अर्थिक वर्षको अन्त्यमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष अन्त्यमा ४ अर्ब ३० करोड पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी सामान्य घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले १६.९९ रुपैयाँ रहेकोमा अहिले १६.२८ रुपैयाँ छ । कुल कर्जामा निष्क्रिय कर्जा केही बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.१७ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म आउँदा ४.८७ प्रतिशत पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ११ पैसा हो । प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ रहेको बैंकको हाल बजार मूल्य जम्मा २५४ रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?