+
+
Shares

चिलिमे हाइड्रोपावरको नाफा बढे पनि घट्यो प्रतिसेयर आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
  • कम्पनीको खुद नाफा ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६७ करोड ८५ लाख रुपैयाँभन्दा सामान्य बढेको हो।
  • प्रतिसेयर आम्दानी घटेर ७ रुपैयाँ ७४ पैसा पुगेको छ, कारण बोनस सेयरले चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो।

२७ साउन, काठमाडौं । चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६७ करोड ९५ लाख रुपैयाँ छ । अघिल्लो आवको तुलनामा नाफा सामान्य बढेको हो । अघिल्लो आर्थिक वर्षको नाफा ६७ करोढ ८५ लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले ८ रुपैयाँ १० पैसा रहेकोमा गत आर्थिक वर्षमा ७ रुपैयाँ ७४ पैसा छ ।

नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घट्नुको कारण सेयर संख्या बढ्नु हो । बोनस सेयरका कारण कम्पनीको चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ९८ करोड रुपैयाँ थियो ।

प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा छ । बजारमा सेयर मूल्य प्रतिकित्ता ५२८ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?