 
																			२४ मंसिर, बुटवल । दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरो जिपले घोराहीबाट तुलसीपुर जाँदै गरेको रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4