+
+

अष्ट्रेलियाले भोलिदेखि आप्रवासी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १६:५७

२८ मंसिर, काठमाडौं । बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खुला गरिने भएसँगै आप्रवासी विद्यार्थी र दक्ष कामदार अष्ट्रेलिया जान पाउने भएका छन् ।

अष्ट्रेलियाले नयाँ कोरोना भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि डिसेम्बर १ गतेबाट भिसा भएका विदेशी विद्यार्थी र दक्ष कामदारलाई अन्तर्राष्ट्रिय सीमा खुला गर्ने कार्य २ हप्ता लम्ब्याएको थियो ।

तर सोमबार प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बर १५ गते विदेशी कामदार र दक्ष कामदारका लागि अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुला गर्ने बताएका छन् ।

अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले समेत बुधबारदेखि विद्यार्थी र दक्ष कामदारका लागि अन्तर्राष्ट्रिय सीमा खुला गरिने जानकारी गराएका छन् । ‘हामीहरू त्यसैतर्फ अग्रसर छौं र सप्ताहन्तमा त्यही कुरा पुन: पुष्टि गरिएको छ ।’

यसैबीच, अष्ट्रेलियाको न्यू साउथ वेल्समा भोलिदेखि नै कोभिडसम्बन्धी नियम खुकुलो पारिँदै छ । उक्त राज्यमा बुधबारदेखि सबै क्रियाकलापमा मानिसहरू सहभागी हुन पाउने भएका छन् । यसअघि खोप लगाएका मानिसमात्रै निश्चित क्रियाकलापमा सहभागी हुन पाउने नियम लागू गरिएको थियो ।

न्यू साउथ वेल्समा नियम खुकुलो भएसँगै अष्ट्रेलियाका अन्य राज्यमा हुने आवतजावत खुला गरिने छ । त्यस्तै, सार्वजनिक सवारी, विमान, विमानस्थल र खोप नलगाएका होटेल/रेष्टुरेन्टका कर्मचारीको हकमा मात्रै मास्क अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?