+
+

कैलालीमा २५ वर्षीय युवकको हत्या, जंगलमा भेटियो शव

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १७:५४

३ पुस, धनगढी । कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ । जिल्लाको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा सोही ठाउँका २५ वर्षीय अरुण दास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा दासको शव फेला परेको जानकारी दिए । शनिबार बिहान घरबाट निस्किएका उनी दिउँसो करीब पौने ४ बजेको समयमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश अनुुुसन्धान समूह (आरआइटी) को टोली तालिम प्राप्त कुुकरसहित परिचालन गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । अहिले घटनास्थल सिल गरेर अनुुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?