+
+

प्रदेश–१ मा २ कार्यालय खारेज, ८ वटाको समायोजन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १९:५२

२५ माघ, विराटनगर । प्रदेश १ सरकारले दुई वटा कार्यालय खारेज गरेको छ र आठ वटा कार्यालयलाई समायोजन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोशी रिफ्रेसमेन्ट सेन्टर र प्रादेशिक विशेष सडक आयोजना कार्यालय खारेज गरेको आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले जानकारी दिए । ती कार्यालयले सञ्चालन गर्ने परियोजना अब सम्बन्धित मन्त्रालय मातहत रहनेछन् ।

प्रशासनिक खर्च कटौती गर्नका लागि दुई वटा कार्यालय खारेज गरेको बताउँदै उनले समान उद्देश्य भएका आठवटा कार्यालय समायोजन गरिएको जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था निर्देशनालयलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयमा समायोजन गरिएको छ । स्वास्थ्य तालिम केन्द्र धनकुटालाई स्वास्थ्य निर्देशनालय धनकुटामा समायोजन गरिएको छ ।

रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञान केन्द्र सुनसरीमा गाभिएको छ । इलामको जौवारीमा रहेको बागवनी केन्द्रलाई इलामको कृषि ज्ञान केन्द्रमा समायोजन गरिएको छ । यस्तै सोलुखुम्बुको फाप्लुमा रहेको बागवनी केन्द्रलाई सोलुखुम्बुकै कृषि ज्ञान केन्द्रमा समायोजन गरिएको मन्त्री आङ्बोले जानकारी दिए ।

सहकारी रजिष्ट्रार कार्यालय इटहरीलाई सहकारी शिक्षालय इनरुवामा र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गालालाई कृषि ज्ञान केन्द्र झापामा समायोजन गरिएको छ । प्रदेश सरकारले प्रदेशमा तीन वटा कृषि ज्ञान केन्द्र थप गरेर १४ वटा पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?