+
+

‘बुलाकी’को फस्टलुकमा सुरक्षाको ‘कर्णाली’ लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते ११:२२

२५ फागुन, काठमाडौं । सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार पोस्टर लन्च गरिएको हो ।

पोस्टरमा फिल्मकी मुख्य पात्र रहेकी पन्तलाई चित्रण गरिएकोछ, जहाँ उनी कर्णालीकी एक महिलाको गेटअपमा प्रस्तुत छिन् ।

कर्णालीको जनजीवन र रीतिस्थितिलाई समेटिएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् भने फिल्मका निर्माता टोपेन्द्र विष्ट हुन् । मोती विष्टको प्रस्तुति रहेको फिल्मलाई डोल्पा, जाजरकोट र रुकुममा छायांकन गरिएको हो ।

सुरक्षासहित फिल्ममा नरेन्द्र खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइबा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा र वसन्त परियारले अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा बनेको फिल्मलाई शिव ढकालले खिचेका हुन् । केही समयमै फिल्मको टिजरका साथमा प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?